धनुषामा तीन जनामा कोरोना संक्रमण पुष्टि, दुई जना प्रहरी

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, १३ : ११
धनुषामा तीन जनामा कोरोना संक्रमण पुष्टि, दुई जना प्रहरी

धनुषा । धनुषामा सोमबार तीन जनामा कोरोना पुष्टी भएको छ । ३ जना कोरोना पुष्टी भएकाहरुमध्ये २ जना प्रहरी जवान रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ती तीन जनामा कोरोना संक्रमण रहेको पुष्टी गरेको हो ।

धनुषास्थित नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा रहेको क्वारेन्टाइनको सुरक्षामा रहेका २ जना प्रहरी र त्यही बसेका १ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । 

संक्रमित प्रहरीहरुमध्ये १ जना असई र १ जना जवान रहेका छन् । तीनै जनाको स्वाब संकलन जेठ ७ गते गरिएको गंगुलीस्थित क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले जानकारी दिए । 

प्रहरीबाहेक १ जना संक्रमित भारतबाट आएको बताइएको छ । उनलाई दिल्लीबाट फर्किए लगत्तै जेठ ६ गते क्वारेन्टाइनमा राखिएको थियो ।