नुवाकोटमा पनि भेटिए कोरोना संक्रमित

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०७७, १६ : ०६
नुवाकोटमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौं । नुवाकोटमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङका अनुसार ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो । 

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो । 

कोरोना संक्रमणको उच्च जोखिममा आफूहरु रहेको र कोरोना परीक्षणको माग गर्दै अवरोध भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो ।