आज एकैदिन ६८ जनामा देखियो कोरोना भाइरस, संक्रमितको संख्या ५८४  पुग्यो

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, १६ : ३३

काठमाडौं । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार थप ६८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।