नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, १६ : २४
नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

काठमाडौं । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । उनीहरुमा गरिएको परीक्ष्लो परीक्षणको रिपोर्ट नेगेटिभआएसँगै डिस्चार्जको तयारी गरिएको छ । 

शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए । उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् ।