सुर्खेतमा थप ३ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, १५ : २३
सुर्खेतमा थप ३ जनामा कोरोना संक्रमण

सुर्खेछ । सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।  

उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि पोजेटिभ नै नतिजा आएको हो । 

डाक्टर खड्काका अनुसार  संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ । 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।