ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, १४ : ०१

काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । 

उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनु्सार उनीमा केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो ।  

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ ।