नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, ०८ : ५६
नेपालमा थप  ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं । नेपाल शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।