Safal Khabar - प्रहरीलाई केम्सन चितवनले दियो स्वास्थ्य सामाग्री
बुधबार, १४ जेठ २०७७ (Wednesday, 27 May, 2020)
विस्तृतमा हेर्नुहोस् »
प्रहरीलाई केम्सन चितवनले दियो स्वास्थ्य सामाग्री
शुक्रबार, ०९ जेठ २०७७, १९ : ३४
प्रहरीलाई केम्सन चितवनले दियो स्वास्थ्य सामाग्री

भरतपुर । केमिकल तथा मेडिकल सप्लायर्स एशोशिएसन अफ नेपाल(केम्सन) चितवन शाखाले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनलाइ आबश्यक स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ ।

केम्सन चितवनका अध्यक्ष अर्जुन रानाभाटको पहलमा कोभिड १९ को महामारीका बेलामा प्रहरीलाइ आबश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो ।  केम्सन चितवनले ८ सय ५० थान हाते स्यानीटाईजर , ८ सय ५० थान निर्मलीकरण गरि पुःन प्रयोग गर्न सकिने मास्क र ५० थान फेस शिल्ड सहयोग प्रदान गरेको रानाभाटले बताए ।

सहयोग प्रदान गरिएका उल्लेखित सामानहरुको मुल्य २ लाख ३ सय रहेको छ । महामारकिा बेलामा अग्र पंक्रीमा रहेर खट्ने सुरक्षाकर्मीहरुलाई सस्थाले आबश्यक सहयोग प्रदान गरेका अध्यक्ष रानाभाटले बताए ।

Yeti Diistillery

उनले भने,“ ठुलो सहयोग नभएपनि महामारकिा बेलामा प्रहरीलाइृ सहयोग गर्न पाउँदा खुशी लागेको छ ।” उनले आगामी दिनमा पनि आबश्यक सहयोग प्रदान गर्दे जाने बताए । 
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा केम्सनका वदाधिकारी , व्यवसायी  गोपाल गौतम , बीसहजार जेसीज भरतपुरका अध्यक्ष रेशम शमाृ पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस