बाबुराम भट्टराईको प्रष्टिकरण : सार्वजनिक दन्तबझान गर्नु भन्दा तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०७७, १२ : १७
बाबुराम भट्टराईको प्रष्टिकरण : सार्वजनिक दन्तबझान गर्नु भन्दा तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ

काठमाडौं । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना भएपछि पूर्वप्रधानमन्त्री बाबुराम डा भट्टराईले आफ्नो भनाइ आर्थिक पुनःसंरचना सन्दर्भमा भएको प्रष्ट पार्नुभएको छ । उहाँले विहिबार नेपाल उद्योग परिसंघले गरेको वेबिनारमा राख्नुभएको विचारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको हो ।

'मेरो भनाइ आर्थिक पुनःसंरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारत लगायत सबै देशका शासकको सन्दर्भमा हो', उहाँले भन्नुभयो, 'हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।'

नेपाल-भारत सीमाविवादको सन्दर्भमा उहाँले थप स्पष्ट पार्दै भन्नुभएको छ, 'जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ ।'

'त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्छ ! यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न', उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस