रुपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०७७, ०९ : ५२
रुपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

बुटवल । रुपन्देहीमा उपपचाररत गुल्मीका कोरोना संक्रतिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीका ४१ वर्षीय पुरुष रहेको छ । यो संगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ। १ सय ९६ जना संक्रमित भएका छन्। 

उनको आज बिहिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।   उनको उपचार रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमामा भईरहेको थियो ।  गुल्मी मैदाने गाउँपालिका–६ निवासी उनको जेठ १ गते देखि अस्पतालको आईसीयू कक्षको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।  

जेठ २ गते उनको स्वाब लिएर परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् । क्रिमसन अस्पताल प्रशासनले बिहिबार बिहान उनको मृत्यु भएको पुष्टि गरेको छ । बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो।

गत सोमबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । मन्त्रालयले अहिले सम्म मृत्युको औपचारिक पुष्टि गरेको छैन । श्रोतका अनुसार नियमित पत्रकार सम्मेलनमा दिनभरिको कोरोना अपडेट संगै यसको आधिकारी जानकारी गराउने श्रोतले जनाएको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र नेपालगन्जका एक युवकको कोरोना संक्रमणकै कारण ज्यान गैसकेको छ। 
 

प्रतिक्रिया दिनुहोस