कालापानीको सीमा विवादबारे बोल्यो चीन

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०७७, २० : २०
कालापानीको सीमा विवादबारे बोल्यो चीन

फाईल फोटो

काठमाडौँ । छिमेकी देश चीनले कालापानीको सीमा विवादबारे धारणा सार्वजनिक गरेको छ । उसले कालापानी सीमा विवाद नेपाल र भारतको भएको पनि जनाएको छ । उसले यो समस्या दुई देशले आपसी सम्वादबाटै हल गर्ने विश्वास समेत व्यक्त गरेको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएपछि त्यसको नेपालले विरोध गर्दै सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरिसकेको छ ।

चीन र भारतबीच २०१५ मा भएको सहमतिअनुसार भारतले लिपुलेकमा सडक खनेको भन्दै नेपालले यस विषयमा चीनसँग पनि कुराकानी गर्नुपर्ने आवाज उठिरहेको बेलामा चीनले यस्तो बताएको हो ।

मंगलबारको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भनेका छन्, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो । हामी आशा गर्छौ दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस