काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेको विषयमा प्रधानमन्त्री ओलीले दिएको जवाफ गैरजिम्मेवार र असम्वेदनशिल भएको टिप्पणी गरेका छन् ।
मंगलबार साँझ आफ्नो फेसवुक वालमा भट्टराइले विदेशमा लाखौं नेपाली श्रमिक र आम नागरिकहरू अलपत्र परेको र कोरोनाका सबै शर्त मानेर देश फर्कन चाहेका खबर आइरहेपनि देशको तालाचाबी लिएर बस्नुभएका प्रधानमन्त्री ओलीले संसदमा शुरूमा २ घण्टा बोल्दा उनीहरूवारे एक शब्द पनि उच्चारण नगरेको भन्दै गुनासो गरेका छन् । त्यस्तै उनले पछि सांसदहरूले सोधेको पूरक प्रश्नको जवाफ दिंदै “ ४०र५० लाख मान्छे भित्राउन कति जहाज लाग्ला?कति महिना लाग्ला? कुन जनशक्तिले कोरनटाइन बनाउने? कोरोना मात्रै फैलाउने? देशै सोत्तर पार्ने?”भन्ने गÞैरजÞिम्मेदार र असंवेदनशील ढंगले जवाफ दिएको बताएका छन् ।
त्यस्तै भटट्राइले बर्षेनी नौ खर्ब रूपियाँ भित्राएर देशको अर्थतन्त्रलाई धान्दै आएका नागरिकवारे देशको कार्यकारी प्रमुखले यस्तो ओठे जबाफ दिन मिल्छ?जतिसुकै ठूलो समस्या आए पनि त्यसको समाधान खोज्ने प्रमुख जिम्मा प्रम र सरकारको हैन? भनेर प्रश्न गरेका छन् ।
उनले यस्तै गम्दै संसदभवन बाहिर निस्केर मोवाइल खोल्दा यस्तो मेसेज आइराखेको रहेछ भन्दै आफुलाई आएको म्यासेज पोष्ट गरेका छन् । “नमस्ते सर म सुजन थापा मेरो घर गोर्खा जिल्ला हर्मि मल्लटार हाल म दुबैमा छु म भिजिट भिसामा आयको लकडाउनले गर्दा नेपाल आउन सकेको छैन मेरो भिसा पनि सकियो यहाँ मलाइ खान बस्नलाइ सारै समस्या भयो नेपाल आउनलाइ नेपाल सरखारले के कस्तो बेबस्ता गरेको छ र कहिलेबाट आउन सकिन्छ?” म्यासेज पोष्ट गर्दै भटराईले प्रधानमन्त्रीलाई ‘अब म के जवाफ दिऊँ, प्रधानमन्त्रीज्यू?’ भनेर प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०७७, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई