प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०७७, १८ : ०६
प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण

विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । 

जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । 

आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।