चितवन l भरतपुर अस्पतालको आईसीयूमा उपचाररत ६८ वर्षीय एक वृद्धको मंगलबार बिहान मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका वडा नम्बर आठका ती वृद्धमा कोरोना संक्रमणको आशंका गरी थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि भरतपुरस्थित कोभिड प्रयोगशालामा पठाइएको छ ।
चार महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेका ती वृद्धमा श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले ती बिरामी वीरगञ्जबाट रिफर भई आएकोले कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको बताए । क्षयरोगी ती बिरामीको फोक्सोमा पानी जमेको पाइएको डा. अधिकारीको भनाइ छ ।
कोरोना भाइरसको संक्रमणपछि बिरामी व्यक्तिको फोक्सोमा समस्या आउने, निमोनिया हुने चिकित्सकहरुले बताउँदै आएका थिए । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका ती बिरामीको फोक्सोमा पानी जमेको पाइनुले कोरोना संक्रमणको आशंकालाई बल पुगेको एक चिकित्सकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०७७, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज