नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो

विहीबार, ०१ जेठ २०७७, ०८ : ०५
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा  सो संख्या पुगेको हो ।

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको थप परीक्षणमा सो संख्या पुगेको हो । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु  सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षिय पुरुष र महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।  बिहीबार आज अहिले सम्म ७ जनामा संक्रमण पुष्टि भईसकेकोछ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ।  

यस अघि बिहान  संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस