थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०७७, ०७ : ३८
थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं । बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ दुई जनामा कोरोना पुष्टि भएको हो।

(आज) बिहीबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेका मन्त्रालयले जनाएको छ ।