कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ड्युटीमा नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो ।
जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।
योसँगै कपिलबस्तुमा कोरोना संक्रमतिको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०७७, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण