नवलपरासीमा पहिलो पटक कोरोना संक्रमित फेला

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, २० : २५
नवलपरासीमा पहिलो पटक कोरोना संक्रमित फेला

काठमाडौँ  । नवलपरासीमा पनि पहिलो पटक कोरोनाभाइरस संक्रमित फेला परेका छन् । नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोनभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण्मा ती पुरुमा कोरोना पुष्टि भएको हो।   यस्तैरुपन्देहीका १२ जना, कपिलबस्तुका ८ जना र पर्साका ३ जनामा पनि कोरोना पुष्टि भएको छ । 
आजै दिउँसो कपिलबस्तु र नेपालगन्जका थप १–१ जनामा पनि कोरोना पुष्टि भएको थियो ।