थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, २० : ०२
थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या  २४३  पुग्यो

काठमाडौँ  । नेपालमा फेरि  थप २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या  २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १२ जना रुपन्देही, ९ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना बाँके र अर्का एकजना नवलपरासीका छन्। बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो ।