काठमाडौँमा भेटिएकी महिला कहाँबाट आइन् ?

बुधबार, ३१ बैशाख २०७७, १४ : ५०
काठमाडौँमा भेटिएकी महिला कहाँबाट आइन् ?

काठमाडौँ । काठमाडौँमा भेटिएकी कोरोना संक्रमित महिलाको ट्राभल हिस्ट्री उदेकलाग्दो देखिन्छ । उनी भारत हुँदै नेपाल आएकी थिइन् । बाँकेको जिल्ला प्रशासन कार्यालयको पासबाट उनी काठमाडौँ आएकी खुलासा भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । ती महिलासँगै काठमाडौँ आएकाको अहिले खोजी भइरहेको छ । लुकिछिपी मानिसहरु बाहिरबाट आउँदा कोरोना संक्रमणको महामारी आउनसक्ने आंकलन गरिएको छ । कोरोना संक्रमित महिला काठमाडौँ चन्द्रागिरी नगरपालिकाकी वडा नं ९ की बासिन्दा भएको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस