महिला विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो

सोमबार, ०४ मंसिर २०७४, १७ : ०१
महिला विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो


काठमाडौं । आइसीसी महिला टि(२० विश्वकपका लागि एशियाली छनोटको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ ।

घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३।४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे ।

बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो । उसका लागि चाइवाईले सर्वाधिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस