जापानले २० वटा अत्यधुनिक लडाकु विमान खरिद गर्ने

विहीबार, १० फागुन २०७४, ०९ : ४२
जापानले २० वटा अत्यधुनिक लडाकु विमान खरिद गर्ने

जापानले २० वटा आधुनिक ‘एफ–थ्रीफाइभ ए’ लडाकू विमान आगामी छ वर्षभित्र खरिद गरिसक्ने बताएको छ । जापानको रक्षा विभागले अमेरिकाको एयरस्पेस कम्पनी ‘लकहिड मार्टिन’ सँग उक्त विमानहरु खरिद गर्ने भएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

बजेटलाई मध्यनजर राख्दै करिब २५ वटा विमान खरिद गर्ने योजना बनाएको स्रोतले जानकारी गराएको छ ।  यसअघि चीनले पनि आफ्ना लडाकु विमानको सङ्ख्यामा वृद्धि गराउनुका साथै हतियार सम्बन्धि नयाँ प्रविधि विकास गरेको थियो ।
उता उत्तर कोरियाले पनि आफ्नो ब्यालेस्टिक मिसाइल र हतियार निर्माण कार्यलाई लगातार अघि बढाइरहेको छ । यस्तो अवस्थामा जापानले पनि आफ्ना छिमेकी मुलुकहरुसँग सन्तुलन बनाइराख्न प्रतिरक्षात्मक हतियार बढाउने योजनाबारे धेरैअघि देखि नै कुरा चलाइरहेको थियो ।

उत्तर कोरियासँग जापानलाई पहिलेबाट नै खतरा रहँदै आएको छ भने अर्कोतर्फ चीन र दक्षिण कोरिया भने प्रतिस्पर्धी मुलुकका रुपमा देखा पर्दै आएका छन् ।

तरपनि जापानले अमेरिकी कम्पनीबाट सो लडाकु विमानहरु खरिद गर्ने बताएपछि यसले अमेरिकी प्रविधिमा जापनको निर्भरतालाई बढावा दिँदै पूर्वी एसियामा अमेरिकी मेशिनको प्रभावलाई बढाउँदै लैजाने बताइएको छ ।

खरिद गरिने सम्पूर्ण विमानहरु पूर्वी चीन हुँदै जहाजमार्फत वा हेलिकप्टरबाट ल्याइने बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस