विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार गर्न ध्यानाकर्षण

रासस

शुक्रबार, २६ बैशाख २०७७, १९ : ०१
विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार गर्न ध्यानाकर्षण

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई आवश्यक व्यवस्थापन गरी तत्काल उद्धार गर्नुपर्नेमा जोड दिनुभएको छ  । 

प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका नेता एवं  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोनाका कारण विदेशमा लाखौँको सङ्ख्यामा रहेका नेपालीले ठूलो सङ्ख्यामा रोजगारी गुमाएर स्वदेश फर्कने निश्चित भएको उल्लेख गर्दै ती नेपाली नागरिकका बारेमा बेलैमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताउनुभयो । कोरोनाका कारण मुलुकभित्रै पनि दैनिक  ज्यालादारी गर्ने र निम्न आर्थिक भएका मजदुरको समस्या पनि गम्भिर भएको उल्लेख गर्दै त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको टिप्पणी गर्नुभयो । 

नेता डा भट्टराईले कोरोना परिक्षणको सङ्ख्या नगन्य मात्र गरिएको बताउँदै परीक्षणको दायरा बढाउनुपर्नेमा पनि ध्यानाकर्षण गराउनुभयो । कोरोनाको सङ्कटमा सरकारले अध्यादेश किन ल्याउनुप¥यो भनी प्रश्न गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलको सहभागीता हुने गरी गरिएको संबैधानिक व्यवस्था भत्काउन नहुने  धारणा व्यक्त  गर्नुभयो  ।  

साथै उहाँले लकडाउनका बेला सांसदलाई रातारात किन काठमाडौँ ल्याउनुप¥यो भन्ने विषयमा सामान्य मानिसले पनि बुझ्ने बताउँदै सो बारेमा प्रहरीले जाहेरी लिन्न भन्नु दुुःखद् भएको उल्लेख गर्नुभयो  

नेता भट्टराईले लकडाउनका कारण शैक्षिक गतिविधि बन्द रहेको अवस्थामा विद्यार्थीको भविष्यका बारेमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले  महामारीका बेला अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतप्रति सम्मान गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस