तेहरान । इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।
इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको बताउनुभयो ।
अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार राजधानी तेहरानको उत्तरतर्फको डामावन्दलाई केन्द्रविन्दु बनाएर आएको भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा रहेको थियो ।
जनधनको क्षतिको विवरण संकलनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई परिचालन गरिएको इरानी गृह मन्त्रालयले जनाएको छ । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०७७, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा भूकम्पको धक्का
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो
पश्चिम नेपालमा भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का