अष्टलक्ष्मीले भनिन् : ‘प्रधानमन्त्री ओली बादशाह बन्न खोज्नुभयो’

‘मनमोहन अधिकारीले पार्टीसँग सल्लाह गरेर सरकार चलाउनुभयो, लोकप्रिय भयो, ओलीले पार्टीसँग सल्लाह गरेनन्, आफु खुसी गरे पार्टी र सरकार नै बदनाम हुन थाल्यो’

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ४१
अष्टलक्ष्मीले भनिन् :  ‘प्रधानमन्त्री ओली बादशाह बन्न खोज्नुभयो’

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री बादशाह बन्न खोजेको आरोप लगाएकी छिन् । पार्टी बैठक छल्ने, टार्ने र आफुलाई लागेका कुरामा मात्र खुरुखुरु निर्णय गर्ने प्रधानमन्त्रीको शैली बादशाहको जस्तो भएको शाक्यको भनाई छ ।

सफलखबरसँग टेनिफोनमा सम्वाद गदै नेतृ शाक्यले निरंकुश बन्नका लागि प्रधानमन्त्री अहिले कोसिसमा लागेको पनि बताइन् । पार्टी बैठक बोलाएर स्थगित गर्ने प्रधानमन्त्रीको शैली आफुहरुलाई चित्त नबुझेको भन्दै उनले अगाडी भनिन्,–‘उहाँ (प्रधानमन्त्री) बैठकबाट भागेर कति दिन हिड्नुहुन्छ ? बैठक नै नराखी भाग्ने कुरा सैह्य विषय होइन । यो हामी (स्थायी समिति सदस्यहरु) माथीको अपमान हो । उहाँमा बादशाह बन्ने भोक जागेको देखियो । हामीलाई यस्तो नेता सैह्य छैन । बैठकका लागि अब फेरि दबाब बढाउनु प¥यो, छिटो बैठक राख भन्नुप¥यो, भन्नका लागि हामी छलफलमा छौं ।’ 

नेतृ शाक्यले भनिन्– ‘१५ दिन भईसक्यो हामी बैठकका लागि कुरेर बसेको । तर बैठक बस्ने कुरै भएन । यो तरिका नै भएन । पार्टीलाई ढाट्ने, छल्ने, टार्ने अनि आफनो खुसीमा जे मन लाग्यो त्यही गर्ने, त्यो निरकुश विचार मात्र हो ? यसरी हुदैन पार्टीमा । प्रधानमन्त्रीको शैली लोकतन्त्र, गणतन्त्र कमजोर बनाउने, संविधान कुल्चने, आफै मपाई भन्ने, बादशाह हुने खालको देखियो । त्यसपछि हामीले पार्टीभित्र विवाद गर्न परेन् ।

बैठक हामीले त्यही भएर माग गरेका हौं । बैठक नराखी उपाय छैन ।’ शाक्यले गणतन्त्रलाई नै कमजोर बनाउने गरी अध्यादेश प्रधानमन्त्रीले ल्याएको पनि बताइन् । अध्यादेश फिर्ता नभएको भए त्यसले पार्टीलाई धेरै ठूलो चोट पु¥याउने भन्दै जनताले कम्युनिष्ट पार्टीको सरकारबाट अहिलेको जस्तो अपेक्षा नगरेको बताइन् । ‘यो त शैली नै भएन, जनताको अपेक्षा कम्युनिष्ट सरकारबाट यस्तो छँदै थिएन, प्रधानमन्त्रीले कसरी सरकार चलाउनु भएको छ ? यसको जवाफ दिनुपर्दैन ।

हिजो मनमोहन अधिकारी प्रधानमन्त्री भएको अल्पमतको ९ महिने सरकार कति लोकप्रिय थियो, तर अहिले ? झण्डै दुई तिहाईको कम्युनिष्ट सरकारको चरित्र यही हो ? काम गराई यही हो ?’ शाक्यले प्रश्न गदै भनिन्,–‘मनमोहन अधिकारीले पार्टीसँग सल्लाह गरेर सरकार चलाउनुभयो, लाकेप्रिय भयो, ओलीले पार्टीसँग सल्लाह गरेनन्, आफु खुसी गरे पार्टी र सरकार नै बदनाम हुन थाल्यो, उनी आफु भने बादशाह बन्न खोज्नुभयो ।’

यस अगाडी मंगलबार मात्रै पनि पार्टी बैठक माग गर्ने नेताहरुले ललितपुरको झम्सिखेलको अगेनो रेष्टुरेन्टमा भेला भएर स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा सामुहिक रणनीति बनाउन छलफल गरेका थिए ।  त्यहाँ स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा गराउनु पर्ने ११ पृष्ठको २७ बुँदे आरोपपत्र सहितको प्रस्ताव राखेका थिए ।

तर उनको प्रस्तावमा नेताहरु पूरै सहमत नदेखिएपनि एक ब्यक्ति एक मुख्य जिम्मेवारीको एजेण्डा स्थायी समितिमा उठाउने निश्र्कष भने निकालेका थिए । यसरी बैठक माग गर्ने नेताहरु अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षधर हुन् । दाहाल नेपाल पक्षका स्थायी समिति सदस्यले दबाब बढाईरहेका बेला ओली पक्षका नेताहरुले भने अहिले स्थायी समिति बैठकको औचित्यता नै नरहेको बताईरहेका छन् । यसले नेकपाभित्रको धुव्रिकरण बढ्ने र विवाद झनै नयाँ ढंगले बल्झिने संकेत बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस