धमाधम फर्काउन थालियो नागढुंगा नाकाबाट गाडी

पत्रपत्रिकाबाट

शुक्रबार, २६ बैशाख २०७७, ०७ : ५२
धमाधम फर्काउन थालियो नागढुंगा नाकाबाट गाडी

सांकेतिक तस्बिर ।

काठमाडौं । कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेशमा कडाइ गरिएको छ ।  पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने करिब चार सयभन्दा धेरै सवारीसाधनलाई प्रहरीले फर्काएको छ ।

पछिल्लो चार दिनमा नागढुंगा नाकाबाट मात्र चार सय १६ सवारीसाधन फर्काइएका हुन् । जसमध्ये धेरैजसोले पास लिएका थिए ।

२२ वैशाखमा ७४, २३ गते १ सय ३, २४ गते र्२ सय २७ तथा २५ गते ४९ वटा सवारीसाधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस