सुनको कारोबार ठप्प : मूल्य प्रतितोला ८६ हजार रुपैयाँ

बुधबार, २४ बैशाख २०७७, ११ : ५८
सुनको कारोबार ठप्प : मूल्य प्रतितोला ८६ हजार रुपैयाँ

File Photo

काठमाडौँ । डेढ महिनादेखि मुलुक लकडाउनमा छ । सुनको कारोबार ठप्प छ तर मूल्य भने बढेको बढ्यै छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले नेपालमा अहिले सुन कारोबार ठप्प भएको बताए। तर उनले अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढेको बताए।

उनले भने, ‘नेपालमा कारोबार छैन। तर अन्तर्राष्ट्रिय बजारमा लगानी सुनिश्चित गर्न सुन किनिरहेका छन्। त्यसैले सुनको मूल्य पनि बढेको छ।’

लकडाउनमा नेपालमा सुनको कारोबार ठप्प भएपनि अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार नेपालमा सुनको मूल्य प्रतितोला ८६ हजार रुपैयाँ रहेको उनले बताए।

‘अन्तर्राष्ट्रिय बजारका आधारमा नै सुनको कारोबार भएको छ। अहिले बिहेको सिजन भएकाले लकडाउनमा पनि बिहे रोकिएका छैनन्। त्यसैले अन्तर्राष्ट्रिय मूल्यमा नै किनबेच भएको छ, तर ठूला अर्डरहरु भने आएका छैनन्’, उनले भने ।

‘लकडाउनमा सबै सुन कारोबार बन्द छ’, उनले भने, ‘लकडाउन अगाडि सुन खरिद गरेर गहना बनाउन दिएकाहरुको गहनाको केही पसलहरुमा काम भएको छ। तर नयाँ सुन किनबेच भएको छैन।’ उनले लकडाउनका समयमा सुनको काम नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस