ग्यास खपत ४० प्रतिशत घट्यो

पत्रपत्रिकाबाट

बुधबार, २४ बैशाख २०७७, ०७ : २५
ग्यास खपत ४० प्रतिशत घट्यो

काठमाडौं । मुलुकद्धर ग्यास खपत ४० प्रतिशतले घटेको छ । दैनिक १ लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्रै बिक्री हुने गरेका छन् । लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा बिक्री घटेको एलपी ग्यास उद्योग संघले जनाएको छ । 

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार लकडाउनका कारण ४० प्रतिशत ग्यास खपत कम भएको छ । उनका अनुसार सबै ग्यास उद्योगसँग १० हजार मेट्रिकटन ग्यास मौज्दात छ ।

प्रतिक्रिया दिनुहोस