लुम्बिनी । विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उहाँको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो ।
रुपन्देहीको ग्रामीण समाजमा महिलाको जागरण र राजनीतिक गतिविधिमा क्रियाशील थारुको योगदान उल्लेखनीय रहेको नेकपा क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक हितराज पन्थीले बताउनुभयो । उहांँको अन्तिम दाहसंस्कार आजै भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु