आतंकवादीसंगको भिडन्तमा परि भारतको कश्मीरमा कर्णेल सहित ५ सुरक्षाकर्मीको निधन

आइतबार, २१ बैशाख २०७७, १० : ५०
आतंकवादीसंगको भिडन्तमा परि भारतको कश्मीरमा कर्णेल सहित ५ सुरक्षाकर्मीको निधन

एजेन्सी । भारतको उत्तरी कश्मीरको दन्तवाडामा आतंकवादी र सेना बिच भएको भिडन्तमा परि कर्णेल सहित ५ सुरक्षाकर्मीको निधन भएको छ । भारतिय संचारमाध्यमका अनुसार भारतीय सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ्ग अफिसर कर्णेल आशुतोष शर्मासहित ५ जनाको निधन भएको हो । 

शनिबारदेखि जारी भिडन्तमा दुईजना आतंककारीको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् । आतंककारीहरु एक घरमा लुकेर बसेको थाहा पाएपछि त्यहाँ सेनाले कारबाही गरेको थियो । आतंककारीहरुले घरमा रहेका मानिसहरुलाई बन्धक बनाएर राखेका थिए । उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली तैनाथ गरिएको थियो ।

त्यसै क्रममा दुवै पक्ष बिच भिडन्त हुँदा कर्नेल आशुतोष, मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी, एक लान्स नायक र एक राइफलम्यानको निधनभ भएको छ । सुरक्षा बलले बन्धक रहेका मानिसहरुको उद्धार गरेको छ । कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस