माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड, ओलीको प्रस्तावबारे छलफल हुने

शुक्रबार, १९ बैशाख २०७७, १८ : १५
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड, ओलीको प्रस्तावबारे छलफल हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

नेता नेपाललाई भेट्न प्रचण्ड नेपालको निवास कोटेश्वरमा पुगेका छन् ।

भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ । ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

भोलि फेरि नेकपा सचिवालय बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस