पुरानो मेडिकल कलेजद्वारा चितवन प्रहरीका लागि सुरक्षा सामाग्री प्रदान

शुक्रबार, १९ बैशाख २०७७, १५ : ४७
पुरानो मेडिकल कलेजद्वारा चितवन प्रहरीका लागि सुरक्षा सामाग्री प्रदान

चितवन । कलेज अफ मेडिकल साइन्स भरतपुर ९पुरानो मेडिकल कलेज०, भरतपुरले जिल्ला प्रहरी कार्यालय चितवनलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ । 

आज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

मेडिकल कलेजका वरिष्ठ प्रबन्धक न्यौपानेले कोरोना भाइरसको अवस्थामा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा हुने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सो सामाग्री प्रदान गरिएको जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई ४ हजार ४सय थान ग्लोब्स, दुईसय थान सर्जिकल मास्क, प्रदान गरिएको हो । 

यस्तै महालक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३ सय थान कपडाको मास्क प्रदान गरेको थियो ।