के देवघाटका जनप्रतिनिधिले गरेकै हुन त अवैध निकासी ?

बुधबार, १७ बैशाख २०७७, १४ : ४५
के देवघाटका जनप्रतिनिधिले गरेकै हुन त अवैध निकासी ?

चितवन । देवघाट गाउँपालिका ५ साँढे बगरमा अवैध गिटी बालुवा उत्खनन् भइराखेको स्थानीयहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष र वडा नम्वर ५ का वडा अध्यक्ष याल गुरुङ्गले ६ वटा ट्याक्टर मार्फत त्यहाँबाट गिटी बालुवा अवैध रुपमा उत्खनन् गरिराखेको स्थानीयहरुले आरोप लगाएका हुन् । 

आफूहरु त्यहाँ पुगेर यस्तो काम किन गरेको भनि प्रश्न गर्दा उनिहरुले गाउँपालिकामा थुपारेर राख्नका लागि निकालिएको भनेर जवाफ दिएको स्थानीयहरु बताउँछन् । लकडाउनको मैका छोपी उनिहरुले अवैध काम गर्न थालेको भन्दै स्थानीयहरुले जनप्रतिनिधिबाटै भएको यस्तो खालको काम प्रशासनले रोक्नु पर्ने बताए । 
उता वडा नम्वर ५ का अध्यक्ष गुरुङ्गले भने आफूहरुले कुनै अवैध काम नगरेको र वडा बासिकै हितमा काम गरेको बताउनु भयो । 

त्यसको उत्खनन्का लागि टेन्डर प्रक्रियामा गएको र एक वटाभन्दा बढी फम नपरेकाले त्यो सदर हुन नसकेपछि गाउँपालिकाको बैठक बसि गाउपालिकाले नै नेपाल सरकारको प्रचलित दररेटमा स्थानीयलाई बिक्री गर्ने निर्णय गरेको र सोही अनुसार काम भएको दाबी गर्नु भयो । 

वडा नम्वर ५ भित्र मात्रै प्रयोग गर्ने र त्यहाँबाट बाहिर लान नदिने गरी जसलाई चाहिन्छ उसैले गाउँपालिकामा आएर रसिद काटी त्यहाबाट ढुंगा गिटी बालुवा लान सक्ने र यो वडा बासिकै हितका लागि गरिएको निर्णय भएको गुरुङ्गको तर्क छ ।
 

प्रतिक्रिया दिनुहोस