कोरोना कहरबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ८ सय नाघ्यो, संक्रमितको संख्या १० लाख माथि

मंगलबार, १६ बैशाख २०७७, ०९ : ०१
कोरोना कहरबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ८ सय नाघ्यो, संक्रमितको संख्या १० लाख माथि

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले इपिसेन्टर बनेको अमेरिकामा  संक्रमितको संख्या १० लाख १० हजार ३ सय भन्दा माथि पुगेको छ भने मृतकको संख्या ५६ हजार ८ सयको करिब पुगेको छ । 

अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या संसारकै धेरै छ । अन्तर्राष्ट्रिय संचारमाध्यहरुका अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो २४ घण्टामा यहाँ १ हजार ३ सय ८४ को मृत्यु भयो । संक्रमितमध्ये १४ हजार १ सय ८६ को स्थिती चिन्ताजनक छ । हालसम्म १ लाख ३८ हजार ९ सय ९० जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस