डा बाबुराम भट्टराईले रेडियो नेपालमा पुगेर प्रधानमन्त्री ओलीको विरोध गरेपछि हंगामा

सोमबार, १५ बैशाख २०७७, १८ : २३
डा बाबुराम भट्टराईले रेडियो नेपालमा पुगेर प्रधानमन्त्री ओलीको विरोध गरेपछि हंगामा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले सोमबार बिहान सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई दिएको अन्तरवार्ताले सो सञ्चारगृहमा हंगामा भएको छ । 

बिहान साढे ६ बजे अन्तरसंवाद कार्यक्रममा डा भट्टराईलाई अतिथिको रुपमा निम्त्याइएको थियो । तर सो अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्री केपी शर्माको आलोचना गरेपछि रेडियो नेपालमा हंगामा भएको हो । 

रेडियो नेपालले एक विज्ञप्ति जारी गर्दै भट्टराईले ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुखी तुल्याएको जनाएको छ । विज्ञप्तिमा कार्यक्रम प्रत्यक्ष प्रशारण भएकाले आवश्यक सम्पादन गर्न नसकेको भन्दै माफी समेत मागेको छ । 

अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको हस्ताक्षति विज्ञप्तिमा प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस