भरतपुरका एक जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेको संख्या १२ पुग्यो

शनिबार, १३ बैशाख २०७७, १७ : ५८

काठमाडौं । नेपालमा १२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष आज शनिबार निको भएर घर फर्किएका छन् । 

यसअघि ११ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । जसमध्ये १२ जना घर फर्किएका हुन् ।