लोकप्रसाद दाहालले युरोपमा रहेका नेपालीलाई निःशुल्क मास्क वितरण गर्दै

शनिबार, १३ बैशाख २०७७, १४ : १४
लोकप्रसाद दाहालले युरोपमा रहेका नेपालीलाई निःशुल्क मास्क वितरण गर्दै

बार्सिलोना । बेल्जियम निवासी व्यवसायी लोकप्रसाद दाहालले नेपाली समुदायलाई सर्जिकल मास्क निःशुल्क वितरण गर्ने भएका छन् । दाहाल गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह(कोषाध्यक्ष समेत हुन् ।

उनले व्यक्तिगत खर्चमा ३ हजार १ सय युरो खर्च गरेर ७ हजार मास्क चीनबाट बेल्जियममा मास्क झिकाएर वितरण गर्न लागेका हुन् । 

एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष समेत रहेका दाहालले अप्रिल १४ तारिखमा मास्कहरु ब्रसेल्स आइपुगेको भएपनि चेकजाँच र सोधपुछपछि भर्खर प्राप्त भएको बताए । 

उनले भने, ‘यस प्रक्रियामा बेल्जियमको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको ठूलो सहयोग मिल्यो। मुख्यतस् नेपाली समुदायका लागि बितरण गर्ने भनी ईमेल पठाएपछि मात्र हामीलाई प्राप्त भएको छ।’

संकटको घडीमा आफ्नै खर्चमा स्वास्थ्य सामग्री खरिद गरेपनि प्राप्त गर्न जटिल रहेको दाहाल बताउँछन्। उनले बेल्जियमका लागि ५ हजार तथा स्पेन र पोर्चुगलका लागि एक(एक हजार मास्क पठाइदिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

अति आवश्यकता भएकाहरुलाई छनोट गरेर मात्र वितरण गरिदिन पनि उनले समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । दाहालले एनआरएन केन्द्रको कोभिड-१९ राहात समितिमा एक लाख रुपैयाँ सहयोग समेत गरेका छन्  । 

प्रतिक्रिया दिनुहोस