आज दिनभरिको मौसम कस्तो रहला ?

शनिबार, १३ बैशाख २०७७, ०९ : ३४
आज दिनभरिको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा मेघगर्जनसहित हुरीबतास र वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

उक्त वायुकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको छ । पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे फाट्टफुट्ट भइरहेको वर्षाको यो क्रम आउँदो सोमबारसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस