पोखरा । कोरोनाभाइरसका कारण देशभर लकडाउन हुँदा विकास योजनाहरू प्रभावित हुँदा पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माणको कार्य भने जारी छ । आफूहरूले उक्त योजनामा आवश्यक पर्ने केही निर्माण सामग्री स्टक राखेका कारण देशमा लकडाउन हुदा पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य हाल जारी रहेको आयोजना प्रमुख विनेस मुनंकर्मीले बताए । उनका अनुसार उक्त योजनामा हाल नेपाली १ सय र चिनियाँ २५० गरी कुल ३५० मजदुर योजनामा हाल आवद्ध भएका छन् ।
“नेपालसहित भारतमा पनि लकडाउन भएकोले गर्दा हाम्रो योजना निर्माणको गति भने केही कम भएको छ, पोखरा विमानस्थलमा आवश्यक पर्ने केही निर्माण सामाग्रि भारतको वन्दरगाहमा रोकिएको छ,” प्रमुख मुनंकर्मीले भने । अहिलेको स्थितिमा देशमा लकडाउन बढ्दै गएमा पनि अबको करिब डेढ महिना पछि भने निर्माणको काम प्रभावित हुन सक्ने उनले जनाए । केही संरचनाको फिनिसिङ, सजावट, स्टक्चर, आलमुनियम, ड्रेन तर्फको काम भइरहेको उनले बताए ।
आफूहरूसँग गुणस्तरको सिमेन्ट अभाव भएको अबस्थामा पोखरा क्षेत्रमै खोजेर दुई ट्रक सिमेन्टको समेत हाल जोहो गरेको उनले जनाए । अन्यथा उक्त परियोजनाको लागि उच्च गुणस्तरको भारतबाट सिमेन्ट ल्याउने गरिएको हो । भारतको बन्दरगाहमा, लिफ्ट, लाइटिङ, झ्याल ढोका लगायतका सामानहरू रोकिएको प्रमुख मुनंकर्मीले जनाए । आयोजनामा माटो काट्ने र फिलिङ गर्ने करिब ५८ प्रतिशत काम समेत सम्पन्न भएको उनले जनाए ।
सन् २०२१ जुलाइ १० भित्र उक्त परियोजना सक्ने गरी हाल देशको विसम परिस्थितीमा पनि निर्माण कार्य जारी राखेको आयोजनाले जनाएको छ । हालसम्म फाउण्डेसन, रनले, ट्याक्सि वे, ह्याङगर, ड्रेन सहितको केही भौतिक संरचना निर्माण सम्पन्न भएको प्रमुख मुनंकर्मीले जनाए । १४ वटा भवनमध्य अधिकांश भवन निर्माण भएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ बैशाख २०७७, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर, ४६ करोड बढी बिगो
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको चिनियाँ ठेकेदार कम्पनीको दाबी