काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार विवादास्पद दुई अध्यादेश जारी गरेको छ । राजनीतिक दलसम्बन्धी दुई विवादास्पद अध्यादेश सोमबार नै मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिबाट पनि अनुमोदित गराएका छन्।
उक्त अध्यादेश सोमबार राति नै राजपत्रमा प्रकाशित पनि भइसकेको छ। प्रधानमन्त्रीको यो अनपेक्षित र आकस्मिक कदमपछि पूर्वमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरु रुष्ट छन्।
दाहालकै दबाबमा सोमबार साँझ नै बोलाइएको नेकपा केन्द्रीय सचिवालय बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए। विभिन्न दलका नेताहरुसंगै नेकपा भित्रबाटै यो अध्यादेशको विरोध शुरु भएको छ । देशमा उत्पन्न परिस्थितीलाई थाती राख्दै आश्वयक नै नभएको अध्यादेश प्रधानमन्त्री ओलीले ल्याएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
४ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश