भारतबाट लुकेर घर आएका धनुषाका वडाअध्यक्षमा कोरोना पोजेटिभ देखियो

सोमबार, ०८ बैशाख २०७७, १४ : ३१
भारतबाट लुकेर घर आएका धनुषाका वडाअध्यक्षमा कोरोना पोजेटिभ देखियो

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिएको छ ।

भारतबाट एक महिनापछि फर्केका उनको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ९आरडीटी० विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । 

कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको हो ।