निको भए कोरोना संक्रमित कैलालीका एक युवक, नेपालमा निको हुनेको संख्या ४ पुग्यो

आइतबार, ०७ बैशाख २०७७, १७ : २८

काठमाडौँ । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

कैलालीको लम्की निवासी २१ वर्षीय पुरुषको पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ ।