भरतपुर अस्पतालमा रहेका कोरोना संक्रमितको अवस्था सामान्य

आइतबार, ०७ बैशाख २०७७, १२ : ५०
भरतपुर अस्पतालमा रहेका कोरोना संक्रमितको अवस्था सामान्य

चितवन । भरतपुर अस्पतालमा रहेका दुईजना कोरोना संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएकोे छ । 

अस्पतालको आइसोलेसन क्याविनमा रहेका दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको आज आइतबार एक विज्ञप्ति जारी गरी अस्पतालले जानकारी दिएको हो ।

गत शुक्रबार (वैशाख ५ गते) चितवनमा दुई जना कोरोना संक्रमित रहेको पुष्टि भएको थियो । राप्ती नगरपालिका निवासी ६५ वर्षीय महिला र २७ वर्षीय पुरुषमा कोरानो संक्रमण रहेको छ ।