थप एक जना कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या ३१ पुग्यो

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०७७, २० : २७

 काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । 

स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।