टेकु अस्तालबाट कोरोना जितेर घर फर्किइन् एक युवती

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०७७, १३ : ४६

काठमाडौं । कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किएकी छिन् । 

उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा उपचाररत थिइन् ।  उनलाई शनिबार टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तस्विर : स्वास्थ्य मन्त्रालय