बेलायतमा कोरोना भाइरसको संक्रमणबाट १४ हजार ५ सय ७६ को मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, २० : ३६
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट १४ हजार ५ सय ७६ को मृत्यु

काठमाडौं ।  बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको १४ हजार ५ सय ७६ पुगेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ८ सय ४७ जनाको निधन भएको पनि समाचारमा जनाइएको छ । 

 शुक्रबार बेलायतमा ३ लाख ४१ हजार ५ सय ५१ जनामा कोरोनाको परिक्षण गरिएकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८ हजार ६ सय ९२ जना पुगेको छ । बेलायतमा हालसम्म १७ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।