नेपालमा एकैदिन १४ जनामा कोरोना पोजेटिभ , संक्रमितको संख्या ३० पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १९ : ५२

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनमा दुई जनामा पनि कोरोना पुष्टि भएको छ । 

‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ ।  जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ वर्षीय रहेका छन्’, मन्त्रालयले भनेको छ ।