चितवनमा एकै परिवारका दुई जनामा कोरोना पोजेटिभ भएको पुष्टि, संक्रमित २ जना बेलायतबाट नेपाल आएका थिए

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १९ : ३०

चितवन । चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।

भरतपुरको प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षण गरेपछी थप परीक्षण गर्नका लागि दुवैजनाको थ्राेट स्वाब काठमाडाैँ टेकुस्थित प्रयाेगशालामा पठाइएको थियो ।

६३ वर्षीया आमा र  २७ वर्षीय छोरा बेलायतबाट कतार एयरवेज हुँदै  चैत ३ नेपाल आएका थिए ।

स्वास्थ्य मन्त्रालयल स्रोतले यसबारे पुष्टि गरेपनि औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।