उदयपुरमा बसेका ८ जनामा देखियो कोरोना भाइरस

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १९ : १७

काठमाडौँ । उदयपुरको मस्जिदमा रहेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ।  मस्जिदमा  बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। 

उदयपुुरबाट र्यापिड टेस्टपछि शंका लागेर स्वाब संकलन गरेर कोसी अस्पतल पठाउँदा पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा आठ जनामा कोरोना पोजेटिभ देखिएपछि नमुना काठमाडौं पठाइएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको प्रवक्रा दिव्यराज कट्टेलले जानकारी दिए । उनले भने, ' थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । त्यहाँ परीक्षण भएपछि थप पुष्टी हुन्छ नै ।  '