पैदलयात्रुको व्यवस्थापन गर्न  सांसद पोखरेलद्वारा सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १४ : ०३
पैदलयात्रुको व्यवस्थापन गर्न  सांसद पोखरेलद्वारा सरकारको ध्यानाकर्षण

चितवन । संघीय संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले बाटोमा अलपत्र परेका पैदल यात्रुको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेसँग फोन सम्वाद गर्दै सभापति पोखरेलले विभिन्न स्थानबाट घर जानका लागि भनी पैदल हिँडेका जनता बीचबाटोमै रोकिएपछि जनप्रतिनिधिको हैसियताले गम्भीर चासो व्यक्त गरेका हुन् । 

लकडाउनले खानवस्नै समस्या भएपछि पैदलै घर हिँडेकाहरु विभिन्न जिल्लाको सीमानामा रोकिएको प्रति ध्यानाकर्षण गराएका हुन् । घर जान चाहनेहरुका लागि यातायातको व्यवस्था गरी संघ, प्रदेश र स्थानीय सरकारले पीडामा मलम लगाउनुपर्ने उनले बताए ।

पैदलयात्रुलाई रोक्दा रोकिएका ठाउँका स्थानीय पनि थप त्रसित हुने, यात्रुको खानेवस्ने सुविधा नहुने जस्ता मानवअधिकारको विषय सँग सम्बन्धित मुद्दा उजागर हुने भएकाले व्यवस्थापनमा ध्यान दिन सांसद पोखरेलले आग्रह गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस